ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले हिकमत बहादुरशाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।

दैलेखका १८ वर्षीय हिकमत कर्णाली याक्सको सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टमा सहभागी भएका थिए। यो पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणको छनोटमा परेका थिए।

तीन जाना कर्णाली याक्सको बन्द प्रशिक्षणमा सामेल भए। बन्द प्रशिक्षणको प्रदर्शनको आधारमा हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी छनोट हुन सफल भएका हुन्।

विज्ञापन

सन् २०२१ देखि क्रिकेट खेल्न थालेका हिकमतले क्रिकेटमा आफ्नो क्षमता निखार्न विभिन्न स्थानमा प्रशिक्षण लिएका थिए। उनले काठमाडौंमा तीन महिना, सुर्खेतस्थित जुनियर स्पोर्ट्स एकेडेमीमा दुई महिना प्रशिक्षण लिएका थिए। त्यसक्रममा उनले सुर्खेतमा जुनियर खेलाडीलाई प्रशिक्षण समेत दिने गरेका थिए। सन् २०२४ मा उनले भारतमा पनि करिब एक वर्ष प्रशिक्षण गरेका थिए।

कर्णाली याक्समा छनोट भएपछि हिकमतले आफ्नो क्रिकेट करियरको टर्निङ प्वाइन्टको रूपमा लिएका छन्। उनले भने “कर्णाली याक्सको आइकोनिक खेलाडीका रूपमा छनोट हुन पाउँदा निकै खुसी लागेको छ। ट्यालेन्ट हन्टको उत्कृष्ट तीनमा परेपछि आशा जागेको थियो। विदेश जाने सोच बनाएको थिए तर अहिले छनोट भएपछि क्रिकेटमै पूर्ण रूपमा केन्द्रित हुने निर्णय गरेको छु।”

उनले कर्णाली याक्ससँग जोडिन पाउनुलाई नै आफ्नो ठूलो सफलता मानेका छन्। “खेल्ने अवसर पाए पनि नपाए पनि टोलीसँग जोडिन पाउनु मेरा लागि महत्त्वपूर्ण छ। प्रशिक्षणका क्रममा नेटमा अभ्यास गर्न र आफूभन्दा अनुभवी खेलाडीसँग समय बिताउन पाउँदा धेरै कुरा सिक्ने अवसर मिल्नेछ,” उनले भने।

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले ट्यालेन्ट हन्टमा सहभागी तीनै खेलाडी उत्कृष्ट रहेको तर टोलीको संरचना र आवश्यकतालाई ध्यानमा राख्दै एक खेलाडी छनोट गर्नुपर्ने भएकाले हिकमतलाई छनोट गरेको बताए “तीनै जना खेलाडी प्रतिभाशाली थिए। तर हामीले एक जनालाई मात्र छनोट गर्नुपर्ने अवस्था थियो। टोलीको संरचना र आवश्यकतासमेतलाई ध्यानमा राखेर हिकमततलाई छनोट गरेका हौं,” मल्लले भने।

यो पटक कर्णाली याक्सले पहिलो पटक सुर्खेत र सल्यानमा ट्यालेन्ट हन्ट आयोजना गरेको थियो। जहँ तीन सय भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।