ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

सबै उमेर समुहका लागि ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन्। सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए। निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन्।

सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।

विज्ञापन

ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी यही विषयवस्तुको वरपर चलचित्र रहेको संकेत दिएको छ।

यसअघि प्रदर्शन भएको ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भएकाले निर्देशक रामबाबु गुरुङले पाँचौं शृङ्खलामा पनि कथालाई ट्वीस्टमाथि ट्वीस्ट दिएर न्याय गरेको भन्दै दर्शकहरूले उनको तारिफ गरेका छन्।

यसमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ९एलजी०ले लगानी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।