फ्राइडे रिलिज तथा बडादसैँको अवसरमा आजदेखि दुई चलचित्र मैदानमा उत्रिएका छन्। एकातिर आँसु, अर्कोतिर एक्सनको भिडन्त सुरु भएको छ।
दुई ठुला ब्यानरको चलचित्र ‘आ बाट आमा २’ र ‘१२ गाँउ २’ यी दुवैको पहिलो भागले बक्स अफिसमा राम्रो कलेक्शन गरिसकेको छ। यो वर्ष भने दसैँको बिदालाई लक्षित गर्दै यी चलचित्र प्रदर्शनमा आएका छन्। एकतिर पारिवारिक कथावस्तुमा आधारित चन्द्र पन्तको निर्माण तथा निर्देशनमा रहेको चलचित्र ‘आ बाट आमा २’ यो गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल हो। यसमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, ‘गजनी’ फेम्ड भारतीय खलपात्र प्रदीप रावत, मलिका महत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, गजित विष्ट, दिलिप अखेडा र नरेन खड्का लगायतका कलाकारहरूको मुख्य अभिनय छ।
अर्कोतर्फ एक्सन हिरोको पहिचान बनाउन सफल भएका समीर भट्टको एक्सन प्रधान चलचित्र ‘१२ गाँउ २’ यो दुई वर्ष अगाडि प्रदर्शमा आएको हिट चलचित्र ‘१२ गाँउ’ को सिक्वेल हो। यसमा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला लगायतका कलाकारहरूको अभिनय छ। यो चलचित्र एक्सनप्रेमी दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा छ। बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा सरस्वती भट्ट निर्माता रहेको यो चलचित्रको निर्देशन भने विराज भट्टले गरेका छन्।

भोलिदेखि अर्थात फूलपातीको दिनदेखि ‘छ माया छपक्कै २’ प्रदर्शनको तयारीमा छ। यसमा भने दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतको अभिनय छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।