ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

६० वर्षको उमेरमा सलमानलाई सन्तानको चाहाना, करण जोहरसँग विवाह र एक्लोपनबारे खुलेरै कुराकानी

चर्चित शो ‘कफी विथ करण’ मा अभिनेता सलमान खानले भविष्यमा आफ्नो पनि बच्चा पक्कै हुने बताएका छन्। बुधबार जियोहटस्टारमा प्रसारण भएको शोको नवौँ सिजनको पहिलो भागमा उनले विवाह, एक्लोपन र आफ्नो निजी जीवनबारे करण जोहरसँग खुलेर कुरा गरेका छन्।

सलमान खान ‘कफी विथ करण’ को पहिलो भागमा देखिएका थिए। उक्त कार्यक्रममा उनीसँग करिश्मा कपूर पनि सहभागी थिइन्।

कुराकानीका क्रममा सलमानले विवाह र बुबा बन्ने आफ्नो इच्छाबारे बताएका छन्।

विज्ञापन

करणले सलमानलाई बुबा बन्ने इच्छाबारे प्रश्न गरेका थिए। जवाफमा सलमानले जीवनको कुनै न कुनै समयमा आफ्ना बच्चा पक्कै हुने बताए।

विवाहको विषयमा सलमानले करणलाई भने, “करण, तिमीलाई विवाह गर्न कसैले रोकेको थिएन। मलाई पनि कसैले रोकेको थिएन। तिमीले आफैँलाई रोक्यौ र मैले पनि आफैँलाई रोकेँ। त्यसैले मैले विवाह गर्न चाहेको थिएँ, तर पूरै संसार मेरो विरुद्धमा भयो र त्यसैले म कसैसँग सम्बन्धमा रहन सकिनँ भनेर गुनासो गर्न मिल्दैन।

म कसैलाई दोष दिन सक्दिनँ। यो मेरो आफ्नै निर्णय हो र म आफ्नो निर्णयबाट खुसी छु। तर हो, बच्चाहरू भने हुनेछन्।”

सलमानको नाम बलिउडका अभिनेत्री सङ्गीता बिजलानी, ऐश्वर्या राय र कट्रिना कैफसँगको प्रेम सम्बन्धमा जोडिएको थियो। यद्यपि, उनी ६० वर्षभन्दा बढी उमेरका भइसक्दा पनि अविवाहित छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।