ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘पाँच पाण्डव’मा युधिष्ठिर बने हरिवंश

कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पाँच पन्डव’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा अभिनेता महेश त्रिपाठी सञ्जारकर्मीको भुमिकामा देखिएका छन्। भने युधिष्ठिरको भूमिका अभिनेता हरिवंश आचार्यले निर्वाह गरेका छन्। यसको टिजरले दर्शकको मनमा कौटुहलता उत्पन्न गरेको छ।

स्वर्ग लोकको व्यक्ति जब पाँच पाण्डवलाई खोज्दै पृथ्वीमा आइपुग्छन्, र पृथ्वीमा उनले पुगेका तीता मिठा चुनौतीलाई टिजरमा देखाइएको छ। साथै यसमा दौपतिको भुमिकामा इभा गिरी रहेकी छन्। जुन सामान्य सहरी पहिरणमा देखिएकी छिन्। चलचित्रको टिजरले नेपाली दर्शकलाई केही नयाँ अनुभव दिने संकेत दिएको छ।

विज्ञापन

शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नरहेको निर्माण पक्षको भनाइ छ। ‘यसलाई सामाजिक कथावस्तुमा आधारित बताइएको छ।’

आचार्यसहित महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल र सागर लम्साल बले छन्। यी सबै कलाकारले यसमा शीर्ष भूमिका अर्थात पाँच पाण्डवको भूमिका निर्वाह गर्दैछन्। निर्देशक वसन्त निरौलाको निर्देशन रहेको यो चलचित्र कार्तिक २० देखि प्रदर्शनको तयारीमा छ।

चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपानेसहितका कलाकारको पनि अभिनय छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।