ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।

खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। थापामगरले उक्त प्रतिस्पर्धामा सफलता हासिल गर्दै आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढाएकी छन्।

राजनीतिमा प्रवेश गर्नुअघि नै लोक तथा दोहोरी संगीत क्षेत्रमा स्थापित थापामगर दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय छिन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।