ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विराटनगर घोषणापत्र जारी गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन

कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

घोषणापत्रमा सहभागी मुख्यमन्त्रीहरूले हस्ताक्षर गरेका छन्।

संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो।

विज्ञापन

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सम्मेलनमा उपस्थित छैनन्। सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी भएका छन्।

सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सहभागी छन्।

सम्मेलनमा प्रदेशहरूबाट प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तासहितको टोली सहभागी छन्।

यस्तो छ घोषणापत्र :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।