ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पहलमा निर्माण गरिएका अस्थायी आवासको साचो बाढी प्रभावित परिवारलाई हस्तान्तरण गर्दै उनले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताए।

‘बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाई पुनर्निर्माणमा लाग्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘त्यसका लागि प्रभावित नागरिकको अस्थायी आवास र जीविकोपार्जनसँगै रोजगारी तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन ध्यान दिनुपर्छ।’

विज्ञापन

जिफन्टले निर्माण गरेका १८ वटा अस्थायी आवास रसुवामा भोटेकोशी बाढीबाट प्रभावित भई सुरक्षित बसोबासको खोजीमा नुवाकोट आएका परिवारलाई हस्तान्तरण गरिएको हो।

प्रभावित परिवार बसोबासको लागि सुरक्षित स्थानको अभाव भएको भन्दै जिफन्टले ती भवन तयार गरेको हो।

एमाले नुवाकोटका जिल्ला सचिव शिवकुमार चित्रकारका अनुसार स्थानीयको जग्गा भाडामा लिएर जिफन्टको आर्थिक सहयोग र श्रमदानमार्फत ती आवास निर्माण गरिएका हुन्।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।