ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति बनाऔँ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा नीति निर्माण गर्नुपर्ने बताए । उनले पार्टीका विषयगत विभागहरूलाई समेत अनुसन्धानमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्न आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘ समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक छ । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्छ । पार्टीका विषयगत विभागहरूले पनि अनुसन्धान र तथ्यमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्नुपर्छ ।’

विज्ञापन

ओलीले नीति निर्माण गर्दा वर्तमान समस्याको समाधान मात्र नभई भविष्यलाई समेत ध्यान दिनुपर्ने बताए । कृषि, पूर्वाधार विकास, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले राज्यको मुख्य उद्देश्य जनताको जीवनस्तर उकास्नु, गरिबी न्यूनीकरण गर्नु र नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए । जातीय आधारमा आरक्षणको विषयमा चर्चा गर्दै उनले जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ ओलीले भने ।

ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे । उनले राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकका आर्थिक तथा सामाजिक अधिकारसमेत सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए । अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो ।

उनले विगतका अनुभव, वर्तमान परिस्थितिको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रको अध्ययन गरी कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने पहिचान गर्नुपर्ने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।