ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

खगेन्द्रको अडिओ प्रकरणमा रास्वपा थाल्यो दोस्रो चरणको अनुसन्धान, छुट्टै छानबिन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी भनिएको अडिओ प्रकरणमा छानबिन समिति गठन गरेको छ।

बिहीबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले सार्वजनिक अडिओ तथा भिडिओको प्राविधिक जाँच गरी प्रमाण सङ्कलन गर्नेछ।

सुनारले अडिओमा सुनिएको स्वर आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। पीडित भनिएकी महिलाले पनि अडिओमा आफ्नो स्वर नभएको बताएकी छन्।

विज्ञापन

आयोगले सम्बन्धित सञ्चारमाध्यमसँग अडिओ तथा भिडिओ मागेर आवश्यक परे विशेषज्ञको रायसमेत लिने जनाएको छ। समितिले प्रतिवेदन बुझाएपछि आयोगले निष्कर्ष निकाल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।