ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा सुरु

काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण बिरामीसम्म समयमै एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।

शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।

उनका अनुसार अब एम्बुलेन्सका लागि १०२ नम्बरमा फोन गरेपछि आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत परिचालन गरिनेछ। विशेषगरी चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने साँघुरा गल्ली तथा अत्यधिक ट्राफिक जाम हुने स्थानमा बिरामीलाई तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन यो सेवा उपयोगी हुने महानगरको अपेक्षा छ।

विज्ञापन

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि बिरामीलाई समयमै सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण रहेको बताइन्। उनका अनुसार सडकमा हुने जाम र महानगरको भौगोलिक बनावटका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको छ।

उनले बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिने जानकारी दिइन्। चारपाङ्ग्रे एम्बुलेन्स तत्काल पुग्न नसक्ने स्थानमा बाइक एम्बुलेन्समार्फत प्रारम्भिक स्वास्थ्य सहायता उपलब्ध गराउने योजना महानगरको छ।

डंगोलले भनिन्, “काठमाडौंमा एम्बुलेन्सको संख्या कम भएको होइन, तर समयमा सेवा उपलब्ध गराउन नसकिएको समस्या छ। ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने स्थानमा पहिलो प्रतिक्रिया दिन बाइक एम्बुलेन्स पठाउनेछौँ।”

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा स्वास्थ्य पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाहमा सहयोग र सहकार्य गर्दै आएको पनि उनले बताइन्।

बाइक एम्बुलेन्स सेवाले आपत्कालीन अवस्थामा बिरामीसम्म छिटो पुग्न र प्रारम्भिक सहायता उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौंका व्यस्त सडक र साँघुरा बस्तीमा यो सेवाले आपत्कालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सक्ने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।