नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम शनिबार हुने भएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण कार्यक्रम शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने जनाइएको छ। महाधिवेशनको मतगणना सकिएलगत्तै पार्टीले थापाको शपथ ग्रहणको समय निर्धारण गरेको हो।
अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दशैं पछिमात्र गर्ने तयारी कांग्रेसको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।