ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कार्यकर्तालाई रिमाको ‘होमवर्क’ : ढुंगा, माटो, रुख जोलाई पनि रास्वपामा आउन मन छ, एक-एक जना तयार गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं नेतृ रिमा विश्वकर्माले कार्यकर्तालाई नयाँ सदस्य पार्टी प्रवेश गराउने ‘होमवर्क’ दिएकी छन्।

रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रमअन्तर्गत रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘अहिले दुई तिहाइको सरकार छ, ढुंगा, माटो, रुख जोलाई पनि पार्टीमा आउन मन छ’ भनेको भिडियो भाइरल भइरहेको छ। विश्वकर्माले कार्यक्रममा उपस्थित प्रत्येक कार्यकर्तालाई अर्को दिनसम्म कम्तीमा एक जना नयाँ सदस्य पार्टी प्रवेश गराउन तयार गर्न निर्देशन दिएकी हुन्।

‘अहिले दुई तिहाइको सरकार छ। अहिलेको अवस्थामा ढुंगा, माटो, रुख जोलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन मन छ। अनि यस्तो अवस्थामा पनि हामीले पार्टीमा प्रवेश गराउन सक्दैनौँ त? आजलाई मैले यहाँहरूलाई होमवर्क दिएँ। भोलिका लागि यहाँ जति जना हुनुहुन्छ, सबैले एक-एक जना सदस्य पार्टी प्रवेश गराउन तयार गर्नुस्,’ उनले भनिन्।

विज्ञापन

कार्यक्रममा विश्वकर्माले पार्टीको संगठन विस्तारसँगै अनुशासन र क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताइन्। संगठन ठूलो बनाउनु मात्रै पर्याप्त नहुने भन्दै उनले सक्षम र अनुशासित संगठन निर्माण गर्नुपर्नेमा जोड दिइन्।

उनले पार्टीका कार्यक्रम लामो र पट्यारलाग्दो बनाउन नहुने पनि बताइन्। नेता र कार्यकर्ताबीच आपसी सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले नेताहरू जनताका आवश्यकता र अपेक्षाअनुसार अघि बढ्नुपर्ने धारणा राखिन्। अबको राजनीति नेतातर्फ फर्किएको नभई जनतातर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।