ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

नेपाली राजनीतिमा 'एजेन्डा सेटिङ' बढ्दै जानु गम्भीर चिन्ताको विषय : रिमा विश्वकर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले नेपाली राजनीतिमा रणनीतिक रूपमा व्यक्तिको छवि बिगार्ने अभियान र एजेन्डा निर्धारण बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन्। उनले राजनीतिक बहस, विचार विमर्श, कार्यसम्पादन र जवाफदेहितामा केन्द्रित हुनुपर्नेमा व्यक्तिको छवि र विवादमा सीमित हुँदै गएको बताइन्।

नेपाली राजनीतिमा नयाँ संस्कारको आवश्यकता औँल्याउँदै विश्वकर्माले व्यक्तिको छवि बिगार्ने प्रतिस्पर्धाभन्दा जनताको जीवन बदल्ने विचार र कामको स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएकी छन्।

विज्ञापन

‘नेपाली राजनीतिमा Strategic Smear Campaign र एजेन्डा सेटिङ बढ्दै जानु गम्भीर चिन्ताको विषय हो। हाम्रा विचार विमर्श कार्यसम्पादन र जवाफदेहितामा नभएर व्यक्तिको छवि र विवादमा सीमित हुँदै छन्,’ उनले भनिन्, ‘नयाँ राजनीतिक संस्कार व्यक्तिको छवि बिगार्ने प्रतिस्पर्धा होइन, जनताको जीवन बदल्ने विचार र कामको स्वस्थ्य प्रतिस्पर्धा बन्नुपर्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।