राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले घुस लिने र दिनेसँगै भ्रष्टाचारबारे जानकारी पाएर पनि मौन बस्नेहरू देशका शत्रु भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन्। उनले घुस लेनदेनबारे जानकारी पाए सम्बन्धित निकायमा खबर गर्न र भ्रष्टाचारको भण्डाफोर गर्न आग्रह समेत गरेकी छन्।
‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्। घुस लेनदेन भएको थाहा पाएर पनि नदेखे जसो गर्ने, नसुने जसो गर्ने पनि देशका शत्रु हुन्,’ उनले भनेकी छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हरेक तह, तप्का र प्रत्येक नागरिक उत्तिकै सचेत, जिम्मेवार र जुझारु भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन्।
‘सम्बन्धित ठाउँमा खबर गरौँ। भण्डाफोर गरौँ। पर्दाफाश गरौँ। भ्रष्टाचार मुक्त समाज बनाउन हरेक तह र तप्का अनि प्रतेक नागरीक उत्तिकै जुझारु, सजक र जिम्मेवार भएर हातेमालो गर्नुपर्छ,’ उनले भनिन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।