नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले भारतीय युवती नेहा बोराको प्रसंग उठाउँदै नेपाली वाम आन्दोलनमा पनि त्यस्ता पात्रहरू रहेको बताएका छन्।
उनले २०३६ सालदेखि अहिलेसम्मका नेपाली वाम आन्दोलनका महिला पात्रहरू आफूले चिनेको उल्लेख गर्दै अर्यालले यस्तो बताएका हुन्।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा प्रेम, राजनीतिक विचार र नेतृत्वका कारण महिलाहरूको यात्रा सीमित भएको, कतिपयले आन्दोलनबाट टाढिनुपरेको र कतिपयले आफ्नो सम्भावना देखाउने अवसर नपाएको आशय व्यक्त गरेका छन्।

‘भारतकी नेहा बोरा देख्दा गर्व लाग्छ। नेपालको वाम आन्दोलनले पनि नेहा बोराहरू नजन्माएको होइन। २०३६ देखि आजसम्मका लगभग सबै नेपाली नेहा बोराहरू चिन्छु,’ सामाजिक सञ्जालमार्फत अर्यालले लेखेका छन्।
नेपाली वाम आन्दोलनका विभिन्न महिला पात्रहरूको प्रसंग उठाउँदै उनले कतिपय कम्युनिस्ट नेताका प्रेमकथा घरदैलोमै सीमित भएको, केही महिला ‘राता आँखे जनवाद’ बाट लखेटिएको र केही भक्तिमार्गमा लागेको टिप्पणी गरेका छन्।
‘ती मध्ये धेरै जसो कम्युनिष्ट नेताहरूकाे अमर प्रेम कथाले घरदैलोमा नै सीमित छन्। केही राता आखे जनवादले लखेटिए, कोही भक्तिमार्गमा लागे,’ उनले भने।
उनले झाँक्री, पम्फा, बिन्दा, नमुना, आरती, नीता र उषाकिरणलगायतका नाम उल्लेख गर्दै उनीहरूले फरक परिस्थितिमा आफ्नो सम्भावना देखाउन पाएको भए कस्तो हुन्थ्यो भन्ने प्रश्नसमेत गरेका छन्।
उनले भने, ‘एक्लै सोच्छु, काश! झाक्री र पम्फाहरू भक्तिमार्गमा नलागेको भए? काश! बिन्दा र नमुनाहरू राता आखे जनवादले नलखटेकाे भए? काश! आरती, निता र उषाकिरणहरूलाई फक्रिन दिएको भए?’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।