नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ।
प्रमाणपत्र वितरण र नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै गर्ने तयारी गरिएको छ।
शपथग्रहणपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिसम्बन्धी खाका बनाउने विषयमा छलफल गर्ने तयारी भइरहेको बुझिएको छ।
विज्ञापन

मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको सबै पदको मतगणना शुक्रबार बिहान सकिएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।