ब्रेकिङ न्युज
विज्ञापन
समाज

ताप्लेजुङमा पनि मनाइयो ७१ औं प्रहरी दिवस

उत्कृष्ट प्रहरी,जग्गादाता, सहयोगी तथा अमर प्रहरी परिवारलाई पुस्कृत र शुभकामना आदान–प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७१ औं प्रहरी दिवस मनाएको छ।

जिल्ला प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रहरी संगठनको गरिमा कायम राख्दै संगठनको शीर उँचो बनाउने कार्यमा निरन्तर तल्लिन रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

प्रजिअ दाहालले प्रहरीले कर्मचारीले कर्तव्यप्रति परायण,संगठनको नीति निर्देशनको उचित पालना, इमान्दार र कर्तव्यनिष्ठ भई आम नागरिकको जीउधनको सुरक्षामा बिशेष ध्यान दिनुपर्ने समेत बताए।

विज्ञापन

दाहालले प्रहरी संगठनका हरेक सदस्यले देश र जनताको सुरक्षामा तल्लिन रहनुपर्ने गहन जिम्मेवारी रहेको बताउँदै जिम्मेवारीका अघि पारिवारिक खुसी प्रहरी कर्मचारीका लागि गौण हुने भन्दै कर्तव्यनिष्ठ र संगठनप्रति सर्मपित प्रहरी कर्मचारीको प्रशंसा समेत गरे।

कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीद्धारा जारी शुभकामना सन्देश बचान गरी सुनाईएको थियो। अमर प्रहरीको स्मारकमा पुष्पगुच्छा अर्पण गरी सुरु भएको कार्यक्रममा कर्तव्य पालनाको शिलशिलामा ज्यान गुमाउने प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा कर्तव्यनिष्ठ प्रहरी कर्मचारी, प्रहरी परिसर निर्माणका लागि जग्गा दान गर्ने दानवीर, समुदाय-प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने व्यत्तित्व र अमर प्रहरीका परिवारलाई सम्मान समेत गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले जानकारी दिए। प्रहरी दिवसकै अवसरमा बिहीबार फुङलिङ क्षेत्रमा रहेका मठमन्दिर,सार्वजनिक स्थल तथा पार्कको सफाई गरिएको थियो भने बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।