ब्रेकिङ न्युज
विज्ञापन
समाज

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ। प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका-१२ स्थित पचली पीठबाट भैरवको आप जात्रा गरी हनुमान ढोका पुर्‍याइएको थियो। कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ भैरवको दर्शन गराइएको हो।

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो। घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो।

विज्ञापन

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौं उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ। कला र संस्कृतिले सजिएको काठमाडौंमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा भैरव जात्रालाई लिइन्छ। भैरवलाई पुनःटेकुमा लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।