ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

भोटेकोशी बाढी : ३ हजार ६१० परिवारको ५०७ हेक्टर जमिनमा क्षति

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ७९७ परिवारले बाढीअघिकै स्थानमा बस्ने इच्छा व्यक्त गरेका छन्।

राष्ट्रिय योजना आयोगले बाढीबाट प्रभावित ३ हजार ६७ परिवारसँग गरेको सर्वेक्षणमा ७९७ परिवारले पुरानै स्थानमा फर्कने इच्छा व्यक्त गरेका हुन्।

त्यस्तै, ५६५ परिवारले जिल्लाभित्रै आफ्नै स्वामित्वको अर्को जग्गामा बस्न चाहेको बताए भने १५९ परिवारले देशभित्र अन्यत्र रहेको आफ्नै जग्गामा बस्ने विकल्प रोजेका छन्।

विज्ञापन

सरकारले जग्गा उपलब्ध गराएमा त्यहाँ बस्न चाहने परिवारको सङ्ख्या ९३९ रहेको छ। सरकारले सामूहिक आवासको व्यवस्था गरेमा त्यहाँ बस्न चाहने परिवार ५९० छन्। १७ परिवारले भने भविष्यमा कहाँ बस्ने भन्नेबारे आफ्नो विकल्प खुलाएका छैनन्।

क्षतिग्रस्त भवन संरचनाले ५४.६५ हेक्टर जमिन ओगटेको सर्वेक्षणले देखाएको छ। घर रहेको आफ्नै स्वामित्वको जग्गामा १३ अर्ब २६ करोड रुपैयाँ र भवन निर्माण लागतमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोगको प्रारम्भिक अनुमान छ।

जग्गा र कृषि क्षेत्रमा ठूलो क्षति

बाढीबाट ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जमिनमा क्षति पुगेको छ। उक्त जमिनमा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै, लगाइएको बालीमा २ हजार ९५१ परिवारको करिब २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

भण्डारण गरिएको खाद्यान्नमा १ हजार ८७६ परिवारको १० करोड ४१ लाख रुपैयाँ र पशुपन्छी तथा माछापालनमा १ हजार ११ परिवारको २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।

बाढीका कारण घरपरिवारले पालेका ६६४ ठूला जातका पशु, ४ हजार ६०१ साना जातका पशु, कुखुरा तथा हाँसलगायत ६३ हजार ६३३ पन्छी र २४ हजार ५०८ किलोग्राम माछा नष्ट भएका छन्।

यसैगरी, १ हजार ११५ परिवारका १ हजार ४२३ वटा साना–ठूला तथा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

२ हजार ३३० परिवारका नगद, बहुमूल्य वस्तु तथा सांस्कृतिक र पुरातात्त्विक सामग्रीमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको सर्वेक्षणमा उल्लेख छ।

त्यस्तै, ३ हजार १८७ परिवारका स्थायी प्रकृतिका सामानमा १ अर्ब ४५ करोड रुपैयाँ र २ हजार ७६९ परिवारका अस्थायी प्रकृतिका सामानमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।