ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा : १७ जना विजेता हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ। नयाँ सडकस्थित विशाल बजार परिसरमा बिहान १० बजे हुने कार्यक्रममा १७ जना विजेता छनोट गरिनेछ।

कार्यक्रमअन्तर्गत १६ जनाले जनही एक लाख ३४ हजार ३३४ रुपैयाँ करकट्टीसहितको पुरस्कार पाउनेछन्। करकट्टीपछि उनीहरूको हातमा जनही एक लाख रुपैयाँ नगद प्राप्त हुनेछ।

त्यस्तै, बम्पर पुरस्कारअन्तर्गत एक जनाले १० लाख रुपैयाँ करकट्टीसहितको पुरस्कार जित्नेछन्। करकट्टीपछि बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

विज्ञापन

विजेताहरूको घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्ने कार्यक्रम छ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विजेता घोषणा गर्न लागिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।