बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ। हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या घटेको छ। गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ।
दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।