
धादिङको बेनिघाट रोराङ गाउँपालिका-९, ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १:३० बजे त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार काभ्रेको ढुंखर्क गाउँपालिका-९ घर भएका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे परियार तथा २४ वर्षीय रामचन्द्र परियार बेनिघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेघाटमा सरस्वती खड्काको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
उनीहरूले त्रिशूली नदी किनारमा फेला पारेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको थियो। विस्फोटका छर्रा लागेर जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।