ब्रेकिङ न्युज
विज्ञापन
समाज

आरुघाटमा जोडियो बेलिब्रिज

गोरखा र धादिङलाई जोड्ने आरुघाटमा बेलिब्रिज निर्माण गरिएको छ।

असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो।

बाढीले क्षति पुर्‍याएको सो स्थानमा नेपाली सेनाले बेलिब्रिज जडान गरी यातायात पुन: सञ्चालनमा ल्याएको हो। हाल मोटरसाइकलसहित पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ।

विज्ञापन

बुधबारदेखि अन्य सवारी साधन समेत सञ्चालन गर्न मिल्ने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्।

बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।