ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।

दसैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो। यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए।

उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उत्पादन बिक्री हुँदै आएको छ।

विज्ञापन

डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले बजारको माग र प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना रहेको बताए। विदेशी बजारलाई लक्षित गरी घिउको प्याकेजिङमा नेपाली, अङ्ग्रेजी र अरबी भाषा प्रयोग गरिएको छ।

डीडीसीले यसअघि पनि जापानलगायतका देशमा घिउ निर्यात गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।