ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

आईसीसीको एसिया सम्मेलन नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा हुने भएको छ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा एसिया सम्मेलन आयोजना गर्ने भएको हो।

सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरू सहभागी हुनेछन्।

विज्ञापन

सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एसियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने क्यानले जनाएको छ।

‘यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ’, क्यानले भनेको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने क्यानले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।