ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक, ‘हाम्रो राज, हाम्रो शान’ मूल नारा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले ‘हाम्रो राज, हाम्रो शान’ भन्ने भावनासहित नयाँ जर्सी सार्वजनिक गर्दै उपाधि रक्षा अभियानका लागि आफूलाई तयार पारेको जनाएको छ।

लुम्बिनी लायन्सले नयाँ जर्सीमार्फत लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई प्रस्तुत गरेको छ। जर्सीको मुख्य अवधारणा ‘रूल : हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। यसले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको आत्मविश्वासलाई प्रतिबिम्बित गर्ने टोलीले जनाएको छ।

जर्सीमा समावेश सिंहको केशरलाई लुम्बिनी लायन्सको पहिचानको महत्त्वपूर्ण प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। सिंहको केशरले टोलीको जोस, शक्ति, आक्रामकता र गौरवलाई अभिव्यक्त गर्छ। साथै, यसले प्रतिस्पर्धात्मक भावना र मैदानमा प्रभुत्व जमाउने लक्ष्यलाई समेत संकेत गर्छ।

विज्ञापन

जर्सीको अर्को महत्त्वपूर्ण डिजाइन तत्त्व मण्डला हो। प्राचीन सभ्यता, शान्ति र आध्यात्मिक विरासतको प्रतीकका रूपमा रहेको मण्डलाले लुम्बिनीको सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। यसको निरन्तर घेराले पहिचान, एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गौरवलाई संकेत गर्छ।

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि जितेको थियो। तेस्रो संस्करणमा पनि सोही विरासतलाई निरन्तरता दिँदै अझ ठूलो लक्ष्य र आत्मविश्वासका साथ मैदानमा उत्रने टोलीले जनाएको छ।

एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल अक्टोबर २६ मा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेलसँगै टोलीले उपाधि रक्षा अभियान सुरु गर्नेछ।

लुम्बिनी लायन्सका अनुसार नयाँ जर्सी खेलाडीले लगाउने पोसाकमा मात्र सीमित नभई लुम्बिनीको गौरव, सिंहको शक्ति, च्याम्पियनको विरासत र नेतृत्वप्रतिको प्रतिबद्धताको पहिचान पनि हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।