ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

क्यान बोर्ड सदस्यमा गुञ्जनको नियुक्ति नौ दिनमै अन्त्य

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको नौ दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई असोज १९ गते क्यानको बोर्ड सदस्यमा मनोनीत गरेको थियो। तर, नियुक्त भएको नौ दिनपछि नै उनलाई फिर्ता बोलाइएको हो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले गुञ्जनलाई मात्रै नभई अन्य खेल संस्थामा मनोनीत भएका व्यक्तिहरूलाई पनि प्राविधिक कारणले फिर्ता बोलाइएको बताए।

“गुञ्जनजीलाई मात्रै होइन, हामीले प्राविधिक कारणले गर्दा अन्य खेल संस्थाबाट पनि अरूलाई फिर्ता बोलाएका छौँ,” मेहताले भने।

विज्ञापन

क्यानको विधानमा राखेपले दुई जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार यसअघि छुम्बी लामालाई क्यानको बोर्ड सदस्यमा मनोनीत गरिएको थियो। नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर रिक्त स्थानमा गुञ्जन शाहलाई नियुक्त गरिएको थियो।

यद्यपि, खेलकुद विकास ऐन, २०७७ ले खेल संघका कार्यसमितिमा राखेपका दुई जना प्रतिनिधि अनिवार्य रूपमा रहने व्यवस्था हटाएको छ। तर, क्यानको विधानमा भने राखेपले दुई जना सदस्य मनोनीत गर्न सक्ने प्रावधान अझै कायम छ।

क्यानको बोर्ड सदस्यमा नियुक्त भएपछि गुञ्जनको मनोनयन र त्यसपछि भएको फिर्तीले क्यानको विधान तथा खेलकुद ऐनमा रहेका व्यवस्थाबारे पुनः चासो बढाएको छ।

क्रिकेटको नीतिगत ज्ञान तथा व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी निकायको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिमाथि प्रश्न उठाइएको थियो । यही विषयलाई लिएर उनको मनोनयनको आलोचनासमेत भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।