ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

नेप्से परिसूचक लगातार छैठौं दिन पनि बढेको छ।

बिहीबार नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले बढेको हो।

नेप्सेसँगै आज कारोबार रकम पनि बुधबारको तुलनामा ५८ करोड रुपैयाँले बढेको छ। बिहीबार ३४९ स्टकको ३८ हजार ८६१ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

विज्ञापन

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अपि पावर कम्पनीको करिब २३ करोड र घलेम्दी हाइड्रोको साढे १८ करोडको कारोबार भयो।

आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।