ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

करदाता प्रोत्साहन उपहारका लागि बिल प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोलिने र विजेता घोषणा गरिनेछ।

उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको उपहार कार्यक्रमसम्बन्धी वेबसाइट मा गई खरिद बिलको विवरण प्रविष्ट गरेर उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

विज्ञापन

पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीलाई अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।