ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महामन्त्रीमा पौडेल र पुनको अग्रता, सुनिल शर्मा चौथो स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।

आइतबार बिहान सार्वजनिक पछिल्लो मतपरिणामअनुसार पौडेलले ७८८ मत प्राप्त गरेका छन्। त्यस्तै, पुन मगरले ४७८ मत पाएका छन्।

उदयशमशेर राणा ४५६ मतसहित तेस्रो स्थानमा छन् भने सुनिलकुमार शर्मा ३२५ मत प्राप्त गर्दै चौथो स्थानमा छन्।

विज्ञापन

त्यस्तै, गुरुराज घिमिरेले १९७, नैन सिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।

महामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।