ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भारतमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल र बिनासर्त रिहा गर्न आग्रह गरेको छ।

निर्वाचन निकायको कथित अनियमितताविरुद्ध शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशाल प्रदर्शनका क्रममा भएको सामूहिक धरपकडप्रति राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।

प्रदर्शनअघि र प्रदर्शनका क्रममा आन्दोलनकारी, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी तथा पत्रकारहरूलाई समेत ठूलो संख्यामा नियन्त्रणमा लिइएको भन्दै राष्ट्रसंघले ध्यानाकर्षण गराएको हो।

विज्ञापन

‘मनपरी ढंगले हिरासतमा राखिएका सबै व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गरिनुपर्छ,’ उच्चायुक्तको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।