ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।

उनले शनिबार सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी भने, ‘मोदीजी, जे मन लाग्छ गर्नुहोस्। १० हजार, २० हजार वा ५० हजार प्रहरी बोलाउनुहोस्। सबै नेता र युवालाई पक्राउ गर्नुहोस् वा हामी सबैलाई पक्राउ गर्नुहोस्। हामी पछि हट्ने छैनौँ।’

राहुलले आफू एक दशकभन्दा बढी समयदेखि मोदी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) विरुद्ध संघर्ष गरिरहेको बताए। उनले मोदी, गृहमन्त्री अमित शाह, आरएसएस प्रमुख मोहन भागवत, प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई यस घटनाका ‘खलनायक’ का रूपमा चित्रण गरेका छन्।

विज्ञापन

उनले भारतीय संविधान र जनताको आवाजको रक्षा गर्ने बताउँदै युवाहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरे।

शनिबार निर्वाचन आयोगविरुद्धको प्रदर्शन रोक्न दिल्ली प्रहरीले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। द हिन्दूका अनुसार दिउँसो २ बजेसम्म ५ हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो। जन्तरमन्तर जाने सडकमा अवरोध लगाइएकाले प्रदर्शनकारी त्यहाँ पुग्न सकेनन्।

नियन्त्रणमा लिइएकामा अरविन्द केजरीवाल, ममता बनर्जी, केरलका पूर्वमुख्यमन्त्री पिनरायी विजयन, राज्यसभा सांसद जोन ब्रिटास, विद्यार्थी नेता नेहा बोरा, योगेन्द्र यादव र प्रशान्त भूषणलगायत छन्। युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित घरबाट नियन्त्रणमा लिइएको थियो।

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्के, सौरभ दास र आशुतोष रान्कालाई दिल्लीमा विमान अवतरण भएपछि नियन्त्रणमा लिएर अलग-अलग स्थानमा लगिएको छ।

यसबिच दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको बताइएको छ।

सीजेपीले नेताहरू नियन्त्रणमा परे पनि युवाहरूको प्रदर्शन जारी रहने जनाएको छ। अब पार्टीका राष्ट्रिय संगठन प्रमुख अजिंक्य शिन्देले प्रदर्शनको नेतृत्व गरेका छन्।

दिप्केले पहिले नै रेकर्ड गरिएको भिडियोमार्फत आफू र अन्य नेता नियन्त्रणमा परेमा आन्दोलनको जिम्मेवारी शिन्देले सम्हाल्ने बताएका थिए।

प्रदर्शनकारीहरूले विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियाका क्रममा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्।

निर्वाचन आयोगविरुद्धको प्रदर्शन रोक्न दिल्लीमा करिब २५ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। करिब ४५ मेट्रो स्टेशनमा प्रवेश र निकासमा प्रतिबन्ध लगाइएको थियो भने २५० भन्दा बढी रेल रद्द गरिएको विवरण सार्वजनिक भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।