ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

दिल्लीमा प्रदर्शन उग्र: पूर्व मुख्यमन्त्री केजरीवाल र बेनर्जीसहित हजार बढी पक्राउ

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै भएको प्रदर्शनका क्रममा प्रहरीले हालसम्म १ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकेको छ।

जन्तर-मन्तर, कनोट प्लेस र मिन्टो ब्रिजलगायतका विभिन्न क्षेत्रहरूबाट प्रदर्शनकारीहरू पक्राउ परेका हुन्। दिउँसो करिब १ बजे इम्तियाज अली मार्गस्थित आकाशवाणी भवन नजिक प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।

विज्ञापन

सो झडपमा परी दुई जना प्रहरी घाइते भएका छन्।

प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि प्रहरीले उनीहरूलाई लखेटेर नियन्त्रणमा लिएको थियो। सो क्रममा भएको झडपमा एक प्रदर्शनकारीको टाउको फुटेको छ।

यसैबीच, सीजेपीका संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली आइपुगेको विमानभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै सीजेपीका नेताहरू सौरव दास र आशुतोष राङ्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाता नामावलीमा व्यापक धाँधली भएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर रोक्न माग गर्दै आन्दोलन चर्काएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।