ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गरेका हुन् । उनले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

द्वन्द्व थप चर्किएमा क्षेत्रीय शान्ति र स्थिरतामा असर पर्न सक्ने भन्दै उनले सबै पक्षलाई संयम अपनाउन अनुरोध गरेका हुन्। साथै, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि देशको भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्न सबै राष्ट्रलाई आग्रह गरेका हुन्।

विज्ञापन

गुटेरेसले द्वन्द्वरत पक्षमाथि प्रभाव राख्ने राष्ट्रहरूलाई तनाव कम गर्न सहयोग गर्न र द्वन्द्व बढाउने गतिविधिबाट टाढा रहन पनि आह्वान गरेका हुन्। समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघ मध्यस्थता गर्न तयार रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।