जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ।
उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम हटाइएको हो।
निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।

काभ्रेपलाञ्चोकमा गत प्रतिनिधिसभा निर्वाचनमा तीन लाख २६ हजार ६११ मतदाता थिए। नाम हटेका सबैभन्दा धेरै भुम्लु गाउँपालिकाका हुन्। उक्त पालिकाबाट ४४७ जनाको नाम कट्टा गरिएको छ।
पनौती नगरपालिकाबाट ४३८ जनाको नाम हटाइएको छ भने नमोबुद्ध नगरको ३९० जनाको नाम कट्टा भएको छ।
यसैगरी, बनेपा नगरका ३२०, धुलिखेलका १७७, मण्डनदेउपुरका १०२ पाँचखालका १३८, महाभारतको चौँरीदेउरालीका ११८, रोशीका ९९, बेथानचोकका ८८, तेमालका ८२ र खानीखोलाका ६८ जनाको नाम हटाइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।