ब्रेकिङ न्युज
विज्ञापन
समाज

त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू

मुग्लिङ–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिङ–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए।

उनका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई यही असोज २४ गते बिहान २ देखि ५ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज २५ गते बिहान ४ देखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ।

विज्ञापन

त्यस्तै, काठमाडौंबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई शुक्रबार साँझ ६ः३० देखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज २४ गते बिहान ९ देखि दिउँसो १२ बजेसम्म र राति १० देखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ।

असोज २५ गते दिउँसो २ देखि साँझ ७ बजेसम्म पनि काठमाडौंबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए। उहाँका अनुसार त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिङ–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिएको बताए। उनका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौं जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।