ब्रेकिङ न्युज
विज्ञापन
समाज

पृथ्वी राजमार्ग : सडक खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। गजुरी नजिक काठमाडौं जानेतर्फको सडक भासिएको सडक विभागले जनाएको छ।

विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको हो। सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने (ब्याक कटिङ) काम सुरु गर्न समस्या भएको थियो।

स्थानीय निकायसँग छलफलपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको विभागले जनाएको छ।

विज्ञापन

सबै अवस्था सामान्य रहेमा सडक खोल्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक खुलाउन काम सुरु भए पनि यातायात सञ्चालनमा आउन अझै ७ देखि ८ घण्टा लाग्न सक्ने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।