ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : कुन पदमा कसले दिए उम्मेदवारी ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता जारी छ। उम्मेदवारी दर्ताको समय मंगलबार साँझ ६ बजेसम्म तोकिएको छ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा श्यामकृष्ण खड्गीको मात्रै उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, पुष्पा भुसाल, चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ र दीपक गिरीले उम्मेदवारी दिएका छन्।

विज्ञापन

महामन्त्री पदमा डिला संग्रौला, रिता खनाल, महालक्ष्मी उपाध्याय ‘डिना’, शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्री पदमा प्रतिमा गौतम, देवेन्द्रराज कंडेल, जीवनबहादुर शाही, मीन भाम, रामहरि खतिवडा, मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी, जगदिश्वरनरसिंह केसी, बहादुरसिंह लामा, तेजुलाल चौधरी, आङ्गेलु शेर्पा, अब्दुल सत्तार, अभिषेक प्रताप शाह र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।

सहमहामन्त्रीतर्फ महिला, खुला, पिछडिएको क्षेत्र, खसआर्य, आदिवासी जनजाति, थारू, अल्पसंख्यक, मुस्लिम र मधेशी समूहबाट उम्मेदवारी परेको छ।

उम्मेदवारी दर्ताको समय सकिएपछि निर्वाचन समितिले दर्ता भएका उम्मेदवारीको अन्तिम विवरण सार्वजनिक गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।