ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

एनपीएल खेल्न काठमाडौं आइपुगे पाकिस्तानका कप्तान फरहान

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल खेल्न पाकिस्तानी टी–२० टोलीका कप्तान साहिबजादा फरहान काठमाडौं आइपुगेका छन्।

३० वर्षीय दायाँहाते ब्याटर फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन्।

उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५ सय ५४ रन बनाएका छन्। जसमा २ शतक र १३ अर्धशतक सामेल छ। उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० आईमै अर्धशतक बनाएका छन्।

विज्ञापन

फरहानले हालसम्म टी–२० क्रिकेटमा १८६ खेलमा ५ हजार ७७५ रन बनाएका छन्। यस क्रममा उनले नौ शतक र ३८ अर्धशतक प्रहार गरेका छन्।

कर्णाली याक्स स्पोट्स् प्रालीका मालिक गृहेन्द्र घिमिरेले फर्हानको आगमनसँगै टिमको मध्यक्रम बलियो बन्ने बताए।

‘फर्हान जस्ता खेलाडी एनपिएलमा खेलाउन पाउनु हाम्रो खुसीको कुरा हो। हामी उनलाई भित्राउन सफल भएका छौं,’ मालिक घिमिरेले भने, ‘पाकिस्तानका कप्तान फर्हानको आगमनसँगै कर्णाली याक्सको मध्यक्रम निकै बलियो भएको विश्वास छ।’

मालिक घिमिरेले फर्हान जस्ता खेलाडीलाई एनपिएलमा भित्राउन पाउनु पयर्टन प्रवर्धनमा अर्को खुड्किलो पार गरेको पनि बताए।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।