ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

ब्राजिल निर्वाचन : लुलाभन्दा फ्लेभियो अगाडि, भाइविरुद्ध पक्राउ पुर्जी जारी

ब्राजिलको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारो वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाभन्दा अगाडि देखिएका छन्।

डाटाफोलाले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार दोस्रो चरणको मतदानमा फ्लेभियोले ५२ प्रतिशत र लुलाले ४८ प्रतिशत मत पाउने देखिएको छ। यो मतदाताले व्यक्त गरेको वैध मतको अनुमान हो। पहिलो चरणमा फ्लेभियोले ४७.०३ प्रतिशत र लुलाले ४५.१६ प्रतिशत वैध मत पाएका थिए। दोस्रो चरणको मतदान अक्टोबर २५ मा हुँदैछ।

४५ वर्षीय फ्लेभियो कट्टर दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन्। उनी चुनावी अभियानको अन्तिम चरणमा समर्थकको विश्वासमा भर परेका छन् भने लुलाले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन्।

विज्ञापन

यसैबिच, पहिलो चरणमा तेस्रो स्थानमा रहेका उम्मेदवार अगस्टो क्युरीले फ्लेभियोलाई समर्थन गरेका छन्। क्युरीले करिब तीन प्रतिशत मत पाएका थिए। समर्थन घोषणा गर्दै उनले भनेका छन्, ‘मेरो समर्थन खाली चेक होइन।’

उता, फ्लेभियोका ४२ वर्षीय भाइ एडुआर्डो बोल्सोनारोविरुद्ध ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले बिहीबार पक्राउ पुर्जी जारी गरेका छन्। अमेरिकाको टेक्सासमा बस्दै आएका एडुआर्डोलाई आफ्ना बुबा जायरविरुद्धको मुद्दामा अमेरिकी प्रशासनलाई हस्तक्षेप गर्न र ब्राजिलमाथि प्रतिबन्ध तथा बढी भन्सार शुल्क लगाउन दबाब दिएको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। उनको ब्राजिलको पासपोर्टसमेत रद्द गरिएको छ। उनी ब्राजिल फर्किएमा पक्राउ गर्न अदालतले आदेश दिएको छ।

फ्लेभियोको सम्भावित सत्तारोहणको विरोधमा साओ पाउलो र अन्य सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका छन्। यसअघि रियो दि जेनेरियोमा पनि प्रदर्शन भएको थियो। पहिलो चरणमा चौथो स्थानमा रहेका रेनान सान्तोसले भने कुनै पनि प्रमुख उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन्। उनले करिब २६ लाख मत पाएका थिए। एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।