प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै जन्तरमन्तरमा विरोध गर्न जान लागेका कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ।
भारतको प्रतिपक्ष पार्टी कांग्रेसका नेता राहुल गान्धीले सरकारको चर्को आलोचना गरेका छन्।
राहुलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘ मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारले राजीनामा दिनेछन् र मोदी सरकार पनि जानेछ। त्यसपछि, लोकतन्त्र सुधारको काम सुरु हुनेछ।’

राहुलले संसद्को सेन्ट्रल हलमा इन्डिया ब्लकका सांसदहरूलाई दिएको भाषणको भिडियो पनि सेयर गरेका छन्।
यस्तै, अरविन्द केजरीवालले सरकार युवासँग डराएको आरोप लगाएका छन्। उनले एक्समा लेखेका छन्, ‘यो आपतकाल भन्दा पनि खराब छ। यो आधिकारिक भाषा हो – हामी मोदीको तानाशाहीमा बाँचिरहेका छौं। कक्रोच नेताहरूलाई उडानबाट जसरी हिरासतमा लिइयो त्यसले डरको स्तर देखाउँछ।’
प्रधानमन्त्री मोदीले भोट चोरेर मात्र चुनाव जित्न सक्ने आरोप लगाउँदै उनले आफ्नो ठगीलाई जोगाउन लोकतन्त्रलाई पूर्ण रूपमा कुल्चने काम गरेको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।