ब्रेकिङ न्युज
विज्ञापन
समाज

पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ।

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

विज्ञापन

सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।