ब्रेकिङ न्युज
विज्ञापन
अपराध

२४ घण्टामा देशैभरबाट लागूऔषध सहित १८ जना समातिए

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ।

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २६ ट्याब्लेट र नाइट्राजेपाम ३ हजार ट्याब्लेट सहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ घर भएका २२ वर्षीय अनन्त चौधरी र नुवाकोट तादी गाउँपालिका-४ घर भएकी २२ वर्षीया ईसिका थापा रहेका छन्।

विज्ञापन

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३६१९ नम्बरको सुमोलाई जाँच गर्नेक्रमा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-२९ मैतिदेवी बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २१ वर्षीय अमन स्वार समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित लेटाङ नगरपालिका-५ बस्ने ३० वर्षीय विशेष मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३१ प २४७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, रंगेली नगरपालिका-८ झमनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-७ बस्ने २१ वर्षीय अर्पन जोगी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को २ ह ४१८२ नम्बरको सिटी सफारी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अर्पन समेत अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी, सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय भविन प्रधान, ३० वर्षीय रविन कुमार प्रधान र सोही उप-महानगरपालिका-३ बस्ने ३१ वर्षीय मुकेन्द्र कुमार राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० घर भएका २२ वर्षीय कृष्ण जंग शाह र सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भएका २७ वर्षीय पुरन बुढा मगर रहेका छन्। प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगपालिका-१२ पदमपोखरी बस्ने २८ वर्षीय सुदास लोप्चनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय सुजन सुनारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।