ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मेक्सिकोमा पत्रकारको गोली हानी ह'त्या

मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ। मानव अधिकारसम्बन्धी गैरसरकारी संस्था ‘आर्टिकल १९’ का अनुसार यस वर्ष मेक्सिकोमा हत्या गरिएका पत्रकारको सङ्ख्या नौ पुगेको छ।

दक्षिणी राज्य ओआक्साकामा समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको हत्या भएको हो। उक्त वेबसाइटमा ५२ हजारभन्दा बढी फलोअर्स छन्।

राज्यका अभियोजकका अनुसार एक सशस्त्र समूहले हुएस्का मान्जानो र अन्य दुई जनामाथि गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका मान्जानोको मृत्यु भएको हो।

विज्ञापन

मान्जानोले सञ्चालन गरेको वेबसाइटले उनी बसोबास गर्ने सहर सान्टियागो पिनोटेपा नासिओनालका राजनीतिक तथा स्थानीय विषयमा समाचार प्रकाशन गर्दै आएको थियो। पत्रकारितासँगै उनी ट्याक्सी चालकका रूपमा पनि काम गर्थे।

मानव अधिकार संस्था ‘आर्टिकल १९’ ले घटनाको अनुसन्धान गर्दा मान्जानोको पत्रकारितासम्बन्धी कामलाई प्राथमिकतामा राख्न अभियोजकको कार्यालयसँग माग गरेको छ। संस्थाले सामाजिक सञ्जाल एक्समार्फत पत्रकारको हत्याबारे निष्पक्ष अनुसन्धान गर्न पनि आग्रह गरेको छ।

पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताका दृष्टिले मेक्सिको विश्वकै जोखिमपूर्ण देशमध्ये एक मानिन्छ। ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ का अनुसार सन् १९९४ यता मेक्सिकोमा १५० भन्दा बढी सञ्चारकर्मीको हत्या भइसकेको छ।

पत्रकारमाथि हुने हिंसा र हत्याका घटनाले मेक्सिकोमा स्वतन्त्र पत्रकारिता तथा स्थानीय मुद्दाको रिपोर्टिङमा गम्भीर चुनौती सिर्जना गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।