ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

अमेरिका–युक्रेन तनावबीच जेलेन्स्कीलाई बेलायतको समर्थन

अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।

बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ द्वारा शनिबार जारी विज्ञप्तिअनुसार जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहोर्याएका हुन्।

बर्नहमले रुसमाथिका प्रतिबन्ध थप कडा बनाउने बेलायतको प्रयास जारी रहने बताए।

विज्ञापन

दुवै नेता आगामी दिनमा छलफललाई निरन्तरता दिन प्रत्यक्ष भेट्न पनि सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको धारणा व्यक्त गरेको भोलिपल्ट दुई नेताबीच टेलिफोन वार्ता भएको हो।

ट्रम्पले जेलेन्स्कीमाथि रुससँग शान्ति सम्झौता गर्न असफल भएको आरोप लगाउनुका साथै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा उनलाई दोष दिएका थिए।

यसअघि शुक्रबार वासिङ्टनले रुसी डिजेल व्यापारमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने उपाय घोषणा गरेको थियो।

त्यसको आलोचना गर्दै जेलेन्स्कीले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिनु युद्धमा लगानी गर्नु सरह भएको बताएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।