ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

जिबुटीको तटमा डुंगा दुर्घटना : १०९ आप्रवासीको मृ’त्यु, ११६ बेपत्ता

जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो।

आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुंगा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो।

विज्ञापन

जिबुटीस्थित आइओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गरे।

उनले उद्धार तथा आपत्कालीन सहायता प्रदान गर्न आइओएमका टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको बताए।

आइओएमका अनुसार दुर्घटनामा मृत्यु भएका १०९ जनामध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन्। मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन्।

दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक हुन्।

आइओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलसन्धि पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको जनाएको छ।

‘मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,’ आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।