ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : सहमहामन्त्री सहित महिला केन्द्रीय सदस्यको मतगणना सूरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरको मतगणना सुरु भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदका मतपत्रको गणना सुरु गर्न लागिएको हो।

यसअघि शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार उपसभापति (खुला) तर्फ डा चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।

विज्ञापन

३ हजार ४३५ मत गणना हुँदा उपसभापति (खुला) तर्फ भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मधु आचार्यले १ हजार ९० मत पाएका छन्। सुरेन्द्रराज पाण्डेले ९५५ र गोविन्द भट्टराईले ९४१ मत प्राप्त गरेका छन्।

त्यस्तै, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा डा चन्द्रमोहन यादवले २९९ मत पाएका छन्।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ८९६ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्। चौधरी र परियारबीच ६७ मतको अन्तर छ।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन्। पौडेल र राणाबीच ८९६ मतको अन्तर छ।

महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८ र नैनसिंह महरले ४२८ मत प्राप्त गरेका छन्। शंकर तिवारीले ८२ र डा। सन्तोष उपाध्यायले ४९ मत पाएका छन्।

महामन्त्री (महिला) तर्फ डा डिला संग्रौला पन्तले १ हजार ५१७ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय ‘डिना’ ले १ हजार ३९८ र रीता खनालले ३६५ मत प्राप्त गरेका छन्। संग्रौला र उपाध्यायबीच ११९ मतको अन्तर छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।