ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय उपसभापति र महामन्त्रीका विभिन्न पदमा उम्मेदवारहरूले अग्रता लिएका छन्। ३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिएका छन्।

खुला उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९० मत पाएका छन्। त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ८९६ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ८२९, फरमुल्लाह मन्सुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्।

विज्ञापन

खुला महामन्त्रीमा प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन्। डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ र रीता खनालले ३६५ मत प्राप्त गरेकी छन्।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको अन्तिम नतिजा आउन बाँकी छ।

नेपाली कांग्रेस १५औँ महाधिवेशन ३ हजार ४३५ मतगणना

केन्द्रीय उपसभापति (खुला)

१. डा. चन्द्रकान्त भण्डारी — १,६८६

२. ई. मधु आचार्य — १,०९०

३. सुरेन्द्रराज पाण्डे — ९५५

४. गोविन्द भट्टराई — ९४१

५. धनराज गुरुङ — ७१९

६. दीपक गिरी — ४९७

७. प्रा. डा. चन्द्रमोहन यादव — २९९

केन्द्रीय उपसभापति (समावेशी)

१. बिनोद कुमार चौधरी — ८९६

२. जीवन परियार — ८२९

३. फरमुल्लाह मंसुर — ४६९

४. रंजीत कर्ण — २७०

५. सीता गुरुङ — २५१

केन्द्रीय महामन्त्री (खुला)

१. प्रदीप पौडेल — २,०५५

२. उदयशमशेर राणा — १,१५९

३. डा. सुनिलकुमार शर्मा — ९३४

४. अमरसिंह पुन मगर — ८१९

५. गुरुराज घिमिरे — ६७८

६. नैनसिंह महर — ४२८

७. शंकर तिवारी — ८२

८. डा. सन्तोष उपाध्याय — ४९

केन्द्रीय महामन्त्री (महिला)

१. डा. डिला संग्रौला (पन्त) — १,५१७

२. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८

३. रीता खनाल — ३६५

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।