ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

सडक मर्मतको रकम नपाएको भन्दै पूर्वकृषि मन्त्रीले लगाइदिए नगरपालिकामा ताल्चा

कालीकोटको खाँडाचक्र नगरपालिकाले कोटेसनमार्फत कोटदरबारको मुख्य बाटो मर्मत गर्न दिएको कामको रकम भुक्तानी नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

कोटेसनमार्फत आफूले गरेको कामको रकम दसैँमा समेत नपाएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्।

उनले आठ लाख रुपैयाँको कोटेसनमा पाँच लाख रुपैयाँमा कामको जिम्मा पाएका थिए।

विज्ञापन

आफूहरूले पटक–पटक पाउनुपर्ने रकम भुक्तानीका लागि नगरपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए। घटाघटमा कोटेसनको काम लिएको भए पनि नगरपालिकाले रकम भुक्तानी नगरेको उनको भनाइ छ। काम गरेबापतको रकम भुक्तानी नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तालिममा रहेकाले र हाल स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नारायण चौधरीलाई निमित्तको जिम्मेवारी दिइएकाले समस्या उत्पन्न भएको एक कर्मचारीले बताए। निमित्त प्रमुखले भुक्तानी दिन नमानेपछि यस्तो अवस्था आएको उनको भनाइ छ।

उनले रकम उपलब्ध गराउन आफूहरूको प्रयास जारी रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।